काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कको सम्बन्ध बिग्रिएपछि अब दुवै एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
यसबीच ट्रम्पले आफुले किनेको मस्कको कम्पनी टेस्लाको कार बिक्री गर्ने भएका छन् ।सीबीएस न्यूजले ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ट्रम्पले किनेको रातो टेस्ला कार छिट्टै बेच्ने उल्लेख गरेको छ ।
टेस्लाको अमेरिका र युरोपमा विरोध भएर बहिष्कार अभियान चलिरहेका बेला ट्रम्पले ह्वाइटहाउसमै कैयौं दिनसम्म टेस्लाका कार पार्क गरेर राखेका थिए । त्यसपछि ट्रम्पले मिडियाको उपस्थितिमा रातो टेस्ला कार आफुले किनेको घोषणा गरेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
