काठमाडौं— जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन्।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। कांग्रेस उम्मेदवार टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका उम्मेदवार भट्टराई निर्विरोध भएको बताए। उनले पार्टीका उम्मेदवारलाई निर्विरोध बनाउन भूमिका खेल्ने सबै जनप्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्।
कांग्रेसको एकल बहुमत रहेको जिससमा एमालेले उम्मेदवारी नदिई कांग्रेस कै भट्टराईलाई समर्थन गरेको थियो।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।