काठमाडौं । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईलगायत पहाडी भू-भागका केही स्थानमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्षको दोस्रो हिउँदे वर्षा आज रातिदेखि हुने सम्भावना छ। मौसमविद् विनोद पोखरेलले दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा हुने सम्भावना रहेको बताए । यो वर्षा पनि हल्का हुने र मुख्यतया पहाडी र हिमाली भेगमा मात्र हुने सम्भावना रहेको उनको भनाइ छ।
‘कर्णालीमा राम्रो वर्षा र सुदूरपश्चिममा हल्का वर्षा हुने देखिए पनि अन्य प्रदेशमा भने छिटपुट वर्षा र बदली मात्र हुनेछ,’ उनले भनेका छन्।
मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा सोमबार हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ । पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।