काठमाडौँ । आर्सनल इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा वेस्टह्याम युनाइटेडसँग स्तब्ध भएको छ ।
गएराती सम्पन्न खेलमा वेस्टह्यामले आर्सनललाई १-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।
वेस्टह्यामको जितमा खेलको ४४औ मिनेटमा जारोड बोवेनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको ७३औ मिनेटमा मिलेस लेविस स्केलीले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।
यो हारपछि लिग जित्ने आर्सनलको अभियानमा धक्का लागेको छ । यो खेलपछि आर्सनलको २६ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ८ अंकले पछाडी परेको छ ।
त्यसैगरी वेस्टह्यामले भने महत्वपूर्ण ३ अंक हासिल गर्दै २६ खेलमा ३० अंक बनाएको छ र लिगमा १६औ स्थानमा उक्लिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
