काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् ।
गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै पहिलो निर्णय जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने र उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रीपरिषदले निर्णय लिने उनले बताए ।
त्यस्तै गृहमन्त्री अर्यालले दोस्रो निर्णय आन्दोलनमा मृतक परिवारलाई एक-एक लाखका दरले किरिया खर्च दिने निर्णय पनि गरेका छन् ।
त्यस्तै उनले तेस्रो निर्णय शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याउने निर्णय पनि गरेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
