काठमाडौं — सरकारले आगामी २० गते सोमबारसम्म काठमाडौं भित्रिने र बाहिरिने सबै खाले सवारी साधनमा रोक लगाएको छ।
जल तथा मौसमी विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान सार्वजनिक गरेपछि राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी सूचना जारी गर्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
सूचनामा भनिएको छ कि सो अवधिमा अत्यावश्यक बाहेक अरु सवारी साधन सञ्चालन हुँदैन। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशतर्फ जाने तथा ती प्रदेशबाट काठमाडौं भित्रने सवारीमा पनि रोक लगाइएको छ।
प्राधिकरणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारीसाधन बन्द गर्न, निरन्तर अनुगमन र निगरानी गर्न अनुरोध गरेको छ।




