काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नदीका दायाँबायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गर्ने निर्णय काठमाण्डौ महानगरको नभई अदालतको आदेश सूचित मात्रै गरेको बताउनुभएको छ ।
नेकपा एमालेले काठमाण्डाै महानगरले गरेको निर्णय बदर गर्न माग गरेपछि मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै यो निर्णय महानगरको नभई अदालतको आदेश पालना भएको बताउनुभएको हो ।





