काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन् । सोमवार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न । नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए ।
सोही विषयमा बोल्दै उनले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताए । उनले बिरोध गर्नेहरु पछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताए । उनले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।