काठमाण्डाै – शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । हिजो ३३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ ।
आज फाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज विशाल बजार, कर्णाली विकास बैंक, कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, सर्पाेट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, ग्रीन विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मिथिला लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १६ वटा कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।