काठमाडौं । इजरायलबाट हमासको अपहरणमा परेका कञ्चनपुरका बिपिन जोशी जीवित नै रहेको खुलेको छ । उनी अब नेपाल फर्कन सक्ने नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले जानकारी दिनुभएको छ ।
बिहिबार साँझ उहाँकोे निवासमा आयोजित पत्रकार सम्मेलन गरेर उहाँले उक्त कुरा बताउनुभएको हो । अरब श्रोतले जानकारी गराए अनुसार बिपिन जीवितै रहेको र गाजा पट्टीमा रहेको समेत उहाँले बताउनुभयो । तर हाल उनी कुन र कस्तो अवस्थामा छन् सो भने भन्न् नसकिने तर उनी अब चाँडै रिहा हुने छन् भन्ने आफूलाई आशा रहेको उहाँले बताउनुभयो ।
राजदूत बासका अनुसार ह्मासले इजरायल, नेपाल र अन्यदेशका गरी २५० जनाभन्दा बढी बन्धक बनाएकोमा ११७ जना पटक पटक गरी रिहा भइसकेका, केहीको मृत्यु भइसकेको र अझ १०१ जना हमासको नियन्त्रणमा रहेका छन् । हाल इजरायल र हमासबिच युद्धविराम भएको हुँदा अब बन्धकहरु रिहा हुने हुँदा बिपिन जोशीसमेत रिहा हुने उहाँले बताउनुभयो ।
सिक र कमाउ ९लर्न एण्ड अर्न० कार्यक्रमअन्तर्गत इजरायल पुगेका १० नेपालीको गत वर्ष अक्टोबर ७ मा नोभा संगीत महोत्सब मनाइरहेका बेला हमासको आक्रमणमा परी निधन भएको थियो भने बिपिन जोशी अपहरणमा परेका थिए ।
हाल युद्धविराम भएको हुँदा अब रोकिएको लर्न एण्ड अर्न कार्यक्रम र केयर गिभरमा पनि नेपाली कामदार इजरायल पठाउन आफुले पहल गर्ने राजदूत बासले बताउनुभयो । बास भर्खर मात्र नेपालका राजदूत नियुक्त भएर आफ्नो कार्यकाल सम्हाल्न नेपाल आउनुभएको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।