एजेन्सी । अमेरिकी सञ्चारमाध्यम एबीसी न्यूजले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई एक करोड ५० लाख अमेरिकी डलर अर्थात दुई अर्ब तीन करोड नेपाली रुपैयाँ भन्दा धेरै रकम तिर्ने भएको छ । ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको स्वीकार गर्दै एबीसीले एक करोड ५० लाख डलर तिर्न सहमति भएको बीबीसीले जनाएको छ ।
ट्रम्प ‘बलात्कारका लागि जिम्मेवार’ रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा समाचार प्रकाशन गरेको थियो । तर, अहिले गल्ती स्वीकार गर्दै मुद्दा मिलाउन १५ मिलियन अर्थात एक करोड ५० लाख डलर भर्न तयार भएको हो ।
सम्झौताअनुसार अब एबीसी न्यूजले ट्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित सङ्ग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा एक करोड ५० लाख डलर जम्मा गर्नेछ ।
यस्तै, ट्रम्पको कानूनी शुल्कका रुपमा थप १० लाख डलर भुक्तानी गर्नसमेत एबीसी न्यूज सहमत भएको छ । सम्झौता अनुसार एबीसीले १० मार्च २०२४ मा अनलाइन प्रकाशित समाचार सामग्रीको मुनि सम्पादकको नोट ९भूलसुधार० पोष्ट गर्नेछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।