रुसले क्यान्सरविरुद्धको खोप निर्माण गरेको दाबी गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भ्याक्सिनको नाम भने राखिएको छैन । रुसले खोजलाई शताब्दीकै ठूलो भएको दाबी गरेको छ । रुसी सरकारले आउँदो वर्ष सन् २०२५ को शुरूमा यो खोप सार्वजनिक गरेर नागरिकलाई निःशुल्क वितरण गर्ने तयारी गरेको रुसी सञ्चारमाध्यम तासले जनाएको छ ।
खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा खाेपले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ ।
यही वर्षको शुरूमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको खोप निर्माणको नजिक पुगेको बताउनुभएको थियो । यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ ।
रुसले यो खोप आफ्नै ‘एमआरएन’ प्रविधिमा आधारित पहिलो खोप भएको बताएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।