रुपन्देही । लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको हो।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
