Close Menu
    खबर साइट

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

    आजको राशिफल बिसं २०८२ पुष ५ गते शनिवार

    एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

    आजको राशिफल बिसं २०८२ पुष ४ गते शुक्रवार

    खगेन्द्र र रुद्रकली : नेपालबाट कतारसम्मको ‘हात्ती उपहार’ र त्यसले जन्माएको बहस

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले
    • आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार
    • सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते
    • कस्तो छ आजको मौसम पूर्वानुमान ?
    • आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार
    • ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन
    • आजको राशिफल बिसं २०८२ पुष ५ गते शनिवार
    • एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      मोरङको लेटाङ–२ मा १३ वर्षीया बालिकामाथि भएको हत्या प्रकरणमा छिमेकी पक्राउ

      मंसिर २१, २०८२

      नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

      कार्तिक २४, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

      पुस ५, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

      पुस ८, २०८२

      आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

      पुस ८, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      कस्तो छ आजको मौसम पूर्वानुमान ?

      पुस ७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२
    • सूचना र प्रविधि

      समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

      मंसिर १५, २०८२

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आज दिनभरका प्रमुख २० समाचार

    आज दिनभरका प्रमुख २० समाचार

    खबर साइट डट कमखबर साइट डट कमभदौ २९, २०८२12 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    १- नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ता संलग्न देखिए कारवाही गर्ने बताएको छ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नै पार्टीको कार्यालयहरु, अध्यक्ष प्रचण्डलगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड गर्ने कार्य भएको र  उल्लेखित गतिविधिमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार रहेको बताएका छन् । प्रवक्ता सापकोटाले तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न पनि आग्रह गरेका छन् ।

    २- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका धिरज श्रेष्ठका परिवारलाई भेटेका छन् । आन्दोलनका क्रममा ज्यान गुमाएका श्रेष्ठका परिवार निवासमा पुगेका नेता पौडेलले परिवारलाई समवेदना प्रकट गर्दै घटनाप्रति दुःख प्रकट गरे । उनले आफूले जेन जी आन्दोलनका माग पूरा गराउन सरकारमा रहँदा प्रयत्न गरेको भए पनि सफल नभए पछि राजीनामा दिएको बताए । नेता पौडेलले दुःखद् घटनाको निष्पक्ष छानविनका पक्षमा आफू रहेको भन्दै भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा धिरजजस्ता जेनजी युवाहरुले पाएको सहादतको मूल्यांकन हुने बताए ।‘धिरजबाबु र उनीजस्ता शहीदहरुको बलिदान खेर जान दिने छैन,’ उनले भने ।

    ३- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएकोले आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न र नगराउन आम उपभोक्तामा अनुरोध गरेको छ । आइतबार विभागले विज्ञप्ति जारी गर्दै माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न र नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, बिक्रेता लगायत सम्पूर्ण निजीक्षेत्रलाई अनुरोध गर्दै आम उपभोक्तालाई पनि आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न र नगराउन आम उपभोक्तामा अनुरोध गरेको हो ।

    ४- नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएको छ । पार्टीका उपसभापति पूर्ण बहादुर खड्काले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको भन्दै यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको उल्लेख गरेका छन् । उनले अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको बताएका छन् । उनले जेनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरू देखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको घटना अकल्पनीय र दुःखद घटना निन्दनीय र भत्र्सना योग्य रहेको बताएका छन् ।

    ५- महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा नियुक्त गरेका बडालले भदौ २४ देखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । बडालले प्रधानमन्त्री रहेका ओलीले राजीनामा दिएलगत्तै राजीनामा दिएको भएपनि आज मात्र स्वीकृत भएर आएको हो । महान्यायाधिवक्तालाई प्रधानमन्त्रीले नियुक्ति दिने र प्रधानमन्त्रीले राजीनामा दिए पछि महान्यायाधिवक्ताले पनि राजीनामा दिने गरेको पाइन्छ ।

    ६- पर्सा जिल्ला सुरक्षा समितिले वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतबार सम्पन्न समितिको बैठकले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारीले अर्को आदेश नभएसम्मका लागि घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय पर्सा र सोको कम्पाउन्ड क्षेत्रभित्रको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेका छन् । यसअघि वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा दैनिक बिहान ११ देखि साँझ ९ बजेसम्म निषेधाज्ञा र साँझ ९ देखि बिहान ५ सम्म लगाइएको कर्फ्यु आदेश निरन्तरता रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

    ७-  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव शर्माले रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षेतिको पुनरावृति हुनबाट बच्न बचाउन सकिने बताएका छन् । उनले भनेका छन्-  आज मैले जलेका  राष्ट्रपति भवन ,सिंहदरबार , संसद भवन ,अदालत ,र पार्टी कार्यालय, अनि कान्तिपुर, भाटभटेनी लगायतका  क्षतिग्रस्त व्यावसायिक संरचनाहरू हेरे । अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गरौं । रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षेतिको पुनरावृति हुन बाट बच्न बचाउन सकिन्छ ।

    ८- रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । अब उनले आफ्नो राजनीतिक बाटो स्पष्ट नगरेपनि उनले प्रधानमन्त्री सुशिला कार्कीको टिममा बसेर काम गर्ने अनुमान गरिएको छ । यसैका लागि उनले रास्वपा छोडेको विश्लेषण गरिएको छ । रास्वपा छोड्दै गर्दा सुमनाले कयौं आरोप पनि लगाएका छिन् । उनले पार्टी सभापति रवि लामिछानेलाई इंगित गर्दै गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भनेकी छन् । साथै उनले जहिलेदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको समेत बताएकी छन् । सुमनाले स्पष्ट रुपमा रास्वपामा आफूमाथि मिडिया ट्रायल गरिएको समेत आरोप लगाएकी छन् । उनले भनेकी छन्- कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अ झ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्वीट, मैले पार्टी छोडेँ । यस अघि रवि लामिछानेले शनिबार आम रुपमै जेलबाट फरार भएको आरोप लागेपछि कारागार फर्किनु अघि लेखेको एक सन्देशमा पार्टी छोडेर जान चाहनेलाई बाधक नबन्ने स्पष्ट सन्देश दिएका थिए । उनले भनेका थिए- आफ्नै पार्टी परिवारभित्र का  साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन । रास्पा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु। तर पार्टी त बन्छ बन्छ। बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ ।

    ९- काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जेनजी आन्दोलनका क्रममा गत मंगलबार प्रदर्शनकारी गरेको आगजनीका क्रममा आगजनी गरिएको भाटभटेनीमा ६ वटा शव भेटिएको हो । शव आगोले जलेर क्षत्‌‌विक्षत् भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । ध्वस्त भएको भाटभटेनीमा शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान गर्न सकिने अवस्था नरहेको र शवको डीएनए परिक्षणपछि मात्रै पहिचान गर्न सकिने प्रहरीले जनाएको छ । यसअघि धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार जनाको शव भेटिएको थियो ।

    १०- जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारले सो जानकारी दिएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको जानकारी दिइएको छ ।  त्यस्तै हाल १३४ प्रदर्शनकारीको विभिन्न अस्पतालमा उपचार गराइरहेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन् । त्यस्तै हाल प्रहरीहरु ५७ जना उपचाररत रहेको जानकारी दिएको छ ।

    ११- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएकी छन् । कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै आफुले आन्दोलनमा मृत्यु भएका सबैलाई शहिद घोषणा गर्ने निर्णय गरेको बताएकी हुन् । उनले अहिलेको व्यवस्था अनुसार सरकारले सबै शहिद परिवारलाई जनही १०-१० लाख दिने निर्णय समेत गरेको बताएकी छन् । साथै आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार गर्ने र घाइतेका आफन्तहरु उपचारको क्रममा राजधानीमा बस्दाको खर्च समेत सरकारले बेहोर्ने बताएकी छन् ।

    १२- बेलायतको लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको र्‍यालीमा लाखौ सहभागी भएका छन् । डेढ लाख भन्दा बढी सहभागी भएको सो र्यालीमा हिंसा भड्किएको बिबिसीले उल्लेख गरेको छ । टमी रोबिन्सनद्वारा सञ्चालित ‘युनाइट द किंगडम’ र ‘स्ट्यान्ड अप टु रेसिज्म’ समूहहरू आमनेसामने भएका थिए । महानगरीय प्रहरीका अनुसार दुवै पक्षले बोतल, पटाका र अन्य वस्तुहरू प्रहार गरे, जसमा प्रहरीलाई पनि लक्षित गरिएको थियो । प्रहरीले धेरै अभियुक्तहरूको पहिचान गरिएको छ र उनीहरूमाथि कारबाही गरिने बताएको छ । प्रदर्शनकारीहरूले बेलायत, इङ्गल्याण्ड, अमेरिका र इजरायलको झण्डा र ट्रम्प समर्थक टोपी लगाएका थिए र प्रधानमन्त्री केयर स्टारमर विरुद्ध नारा लगाएका थिए । बेलायतमा रेकर्ड शरणार्थी आवेदनहरूको बीचमा आप्रवासन एक प्रमुख राजनीतिक मुद्दा बनेको छ । प्रदर्शनका क्रममा २६ प्रहरी घाइते भएका थिए। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। यस र्यालीलाई सामाजिक सञ्जाल कम्पनी एक्सका मालिक एलन मस्कले भिडियो लिङ्क मार्फत ह्वाइटहलमा भेला भएकाहरूलाई सम्बोधन गरेका थिए ।

    १३-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गरेको छ । पार्टीका सहमहामन्त्री एवम संगठन विभाग प्रमुख गणेश धिमालले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गर्दै आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्ने बताएको छ । जेनजी आन्दोलनका क्रममा रास्वपाका कार्यकर्ताको व्यापक घुसपैठ भएरको तोडफोड र आगजनीमा संलग्न भएको आरोप आमरुपमा लागेपछि रास्वपाले यस्तो आग्रह गरेको हो ।

    १४- प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन् । आज सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्नु अघि प्रधानमन्त्री कार्की शहिद स्मारक पुगेर शहिदलाई श्रद्धाञ्जली दिएकी हुन् । अब केहि बेरमा उनले सिंहदरबारस्थित गृहमन्त्रालयमा तयार गरिएको प्रधानमन्त्रीको नयाँ कार्यालयमा पदभार ग्रहण गर्ने बताइएको छ । जेनजीओ आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलय ध्वस्त भएपछि वैकल्पिक व्यवस्था गरिएको छ ।

    १५- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन अहिलेसम्मकै उच्च मुल्य तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २५७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २५६५ मा कारोबार भएको थियो ।

    १६- चीनले नेपालकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिदै नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले चीन र नेपालले सम्मानित मित्रता बाड्ने उल्लेख गर्दै चीनले सधैं जस्तै नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएका छन् ।  चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको जगमा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि चीनको प्रतिक्रिया ढिलो गरि आएको हो । अर्को छिमेकी देश भारतले भने शुक्रबार राति नै अन्तरिम सरकारको स्वागत गरेको थियो ।

    १७- अमेरिकाले जेनजी आन्दोलनका क्रममा भएका दुखद घटनाहरूपछि शान्तिपुर्ण समाधानको स्वागत गरेको छ । काठमाडौँस्थित अमेरिकी दुताबासले आइतबार बिहान लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दुखद घटनाहरूपछि शान्तिपुर्ण समाधानको स्वागत गरेको हो । साथै अमेरिकाले दुखद समयमा नेपालको साथमा रहेको बताउदै नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान व्यक्त गरेको छ । अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा अमेरिका नेपालसँग सहकार्य गर्न तयार रहेको दुताबासले उल्लेख गरेको छ ।  दुताबासले भनेको छ-  नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनुभएको छ । गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपुर्ण समाधानको हामी स्वागत गर्दछौं । हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौं। हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं। अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी  नेपालसँग सहकार्य गर्न तयार छौं ।

    १८- रेशम चौधरीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रहेका चौधरीले पार्टी छोडेर नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्ने घोषणा गरेका हुन् । यसअघि नाउपामा आफ्नो अधिपत्य जनाउने प्रयास गरेका चौधरीले आफ्नै श्रीमती रन्जिता श्रेष्ठले नदिएपछि चौधरीले नयाँ पार्टी खेल्ने बताएका हुन् ।  नाउपाको चौधरी समुहले श्रेष्ठलाई हटाएर आफ्नै पिता लालवीर चौधरीलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि नाउपामा श्रेष्ठ समुहले आधिकारिकता पाएको थियो ।

    १९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै नेटो देशहरू र विश्वलाई पत्र पठाएर रुसमाथि ठूला प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् । ट्रम्पले रुसमाथि कडा प्रतिबन्धहरू लगाउन तयार रहेको उल्लेख गर्दै यसका लागि सबै नेटो देशहरूले रुसबाट तेल किन्न बन्द गर्नुपर्ने र आफूसँग सहमत हुनुपर्ने बताएका छन् । ट्रम्पले केही नेटो देशहरूले रुसबाट तेल किनिरहेको उल्लेख गर्दै जुन गलत भएको र यसले उनीहरूको वार्तालाप शक्तिलाई कम्जोर बनाएको पत्रमा उल्लेख गरेका छन् । ट्रम्पले भनेका छन्- ‘जब तपाईं तयार हुनुहुन्छ, केवल यो भन्नुहोस् । मलाई विश्वास छ, यदि नेटोले चीनमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्मको शुल्क लगाउँछ भने, यसले युद्ध अन्त्य गर्न मद्दत गर्नेछ । युद्ध समाप्त भएपछि यो शुल्क पूर्ण रूपमा हटाइनेछ । चीनले रुसलाई नियन्त्रण गर्छ र यी शुल्कहरूले त्यो नियन्त्रण तोड्नेछन् ।’ ट्रम्पले अगाडी भने- यदि नेटोले मेरो कुरा सुन्यो भने, युद्ध चाँडै समाप्त हुनेछ र हजारौंको जीवन बचाउन सकिन्छ । यदि होइन भने, तपाईं मेरो र अमेरिकाको समय बर्बाद गर्दै हुनुहुन्छ ।’

    २०-  रियल म्याड्रिडले यस सिजनको ला लिगामा लगातार चौथो खेल जितेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र अर्दा गुलेरले एक एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि मिकेल ओयारजाबालले एक गोल फर्काएका थिए । यस खेलमा खेलको ३२औं मिनेटमा डीन हुइजसेनले रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।यो जितपछि रियल म्याड्रिडको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा पुगेको छ । त्यस्तै रियल सोसियडाडले भने यस सिजनमा खेल जित्न सकेको छैन । सोसियडाडले ४ खेलमा २ बराबरी र २ खेलमा हार बेहोरेको छ ।

     

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले
    • खबर साइट डट कम
      आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार
    • खबर साइट डट कम
      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते
    • खबर साइट डट कम
      कस्तो छ आजको मौसम पूर्वानुमान ?
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleलुटपाट भएका सामग्री खरिद बिक्री गर्नेलाई कारवाहीको चेतावनी
    Next Article संसद् भवनबाट घर लगिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

    सम्बन्धित खबर

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    खबर साइट डट कम

    खगेन्द्र र रुद्रकली : नेपालबाट कतारसम्मको ‘हात्ती उपहार’ र त्यसले जन्माएको बहस

    खबर साइट डट कम

    आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

    खबर साइट डट कम

    बेलबारीमा बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

    खबर साइट डट कम

    धादिङको गल्छीमा भारतीय पर्यटकमाथि कुटपिटको सर्वत्र निन्दा

    खबर साइट डट कम

    समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

    खबर साइट डट कम

    क्यान्सरविरुद्धको खोप बनायो रुसले

    खबर साइट डट कम

    इच्छाकामना अस्पतालमा अत्याधुनिक थाइराइड परीक्षण सेवा सुरु

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.