काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरको हो ।
लिभरपुलको जितमा रयान ग्राभेनबेर्च र हुगो एकीटिकले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि इद्रिसा गुएयले एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलले यस सिजनको प्रिमियर लिगमा लगातार पाँचौं जित हासिल गरेको छ । लिभरपुलको ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै एभर्टनको भने यो यस सिजनमा दोस्रो हार हो । यो हारपछि ५ खेलमा ७ अंक रहेको छ ।





