Close Menu
    खबर साइट

    बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

    यस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

    चालिसेमा सात वटा सवारी एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते

    धादिङको चालिसेमा सात सवारी ठोक्किँदा ३५ जना घाइते

    एनपीएलमा आज दुई खेल हुदै

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिसं २०८२ मंसिर २० गते शनिबार

    धादिङको गल्छीमा भारतीय पर्यटकमाथि कुटपिटको सर्वत्र निन्दा

    आजको राशिफल बिसं २०८२ मंसिर १९ गते शुक्रबार

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी
    • यस्तो छ आजको मौसम पूर्वानुमान ?
    • आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार
    • चालिसेमा सात वटा सवारी एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते
    • धादिङको चालिसेमा सात सवारी ठोक्किँदा ३५ जना घाइते
    • एनपीएलमा आज दुई खेल हुदै
    • कस्तो छ आजको मौसम पूर्वानुमान ?
    • आजको राशिफल बिसं २०८२ मंसिर २० गते शनिबार
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

      कार्तिक २४, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ

      कार्तिक १२, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      बंगलादेशको अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी

      कार्तिक १, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      यस्तो छ आजको मौसम पूर्वानुमान ?

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      चालिसेमा सात वटा सवारी एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते

      मंसिर २१, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार

      कार्तिक २६, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार

      कार्तिक २६, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२
    • सूचना र प्रविधि

      समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

      मंसिर १५, २०८२

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » पोर्चुगलमा गैर आप्रवासीहरुले केही महिनामा नयाँ आवेदन दिन पाउने

    पोर्चुगलमा गैर आप्रवासीहरुले केही महिनामा नयाँ आवेदन दिन पाउने

    ,  प्रधानमन्त्री भन्छन्- कार्ड नभएकालाई फिर्ता जान भनेका छैनौ 
    खबर साइट डट कमखबर साइट डट कमअसार १६, २०८१5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram
    हरि शाह

    लिस्बोन, पोर्चुगल । पोर्चुगलमा गैरकानुनी हैसियतमा रहेका आप्रवासीहरुले केही महिनामा नयाँ आवेदन दिन पाउने भएका छन् । प्रधानमन्त्री लुईस मोन्टेनेग्रोले शुक्रबार एक कार्यक्रममा बोल्दै गैरकानुनी हैसियतमा रहेका आप्रवासीहरुले नयाँ आवेदन दिने संकेत गरेका हुन् । उनले अहिलेसम्म अस्थायी आवास अनुमति नभएका आप्रवासीहरुहरूलाई फिर्ता जान पनि नभनेको बताए ।

    प्रधानमन्त्री मोन्टेनेग्रोले हाल पोर्चुगलमा करिब चार लाख विदेशी श्रमिकहरूको वैधानिकीकरणको प्रक्रिया बाँकी रहेको बताउँदै त्यो काम नसक्दासम्म नयाँ आवेदनहरू रोकिएको जनाएका छन्। यहाँ गत वर्ष मात्र झन्डै १ लाख ८० हजार आप्रवासीहरूलाई वैधानिक बनाइएको थियो।

    यस अघि विचाराधीन ४ लाख आप्रवासीहरुको अस्थायी आवास अनुमति प्रक्रिया समाधान नभएसम्म नयाँ आप्रवासी योजना घोषणा लागु हुने भएको बताईएको थियो । नयाँ लागु आप्रवासी योजनामा विचाराधीन ४ लाख आप्रवासीहरुलाई अनुमति दिएपछि मात्र नयाँ आवेदनको बारेमा सरकारले नयाँ घोषणा गर्ने पोर्चुगलका संचारमाध्यमले उल्लेख गरेका छन् ।

    विचाराधीन ४ लाख आप्रवासीहरूलाई अस्थायी आवास अनुमति दिन ६ देखि ९ महिनामा लाग्ने पनि समाचारमा बताइएको छ । यसअघि पोर्चुगल सरकारले घोषणा गरेको आप्रवासन सम्बन्धी नयाँ योजना अस्थायी रहेको राष्ट्रपति कार्यालयले उल्लेख गरेको थियो ।

    स्थानिय संचारमाध्यमले उल्लेख गरे अनुसार  (https://observador.pt/2024/06/05/marcelo-e-governo-em-desacordo-presidente-quer-que-fim-da-declaracao-de-interesse-seja-temporaria/) लामो समयदेखि विचाराधीन ४ लाख आप्रवासीहरुको अस्थायी आवास अनुमति प्रक्रिया समाधान नभएसम्म नयाँ आवेदन दिनेमा रोक लगाएको हो।

    समाचारमा उल्लेख भए अनुसार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा (https://www.presidencia.pt/atualidade/toda-a-atualidade/2024/06/presidente-da-republica-promulga-diploma-do-governo/) पनि ४ लाख विचाराधीन प्रक्रिया समाधान नभएसम्म नयाँ योजना घोषणा लागु हुनेछ । जारी विज्ञप्तीमा हजारौं विचाराधीन बसोबास अनुमति प्रक्रियाहरू नियमित गर्ने अत्यन्त जरुरी अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपतिले स्वीकृत गर्नुभयो भनि उल्लेख गरिएको छ । लाखौं विचाराधीन प्रक्रियाहरूले ओभरलोड भएको भन्दै यसबाट जोगिन नयाँ योजना घोषणाको स्वीकृत गरिएको विज्ञप्तीमा भनिएको थियो ।

    झन्डै ३८ हजार सदस्य रहेको ‘पोर्चुगलमा नेपाली सहयोगी समूह’ नामको एक फेसबुक पेज चलाइरहेका करिब एक दशकदेखि लिज्बनमा बसिरहेका सुनिल ढुङ्गानाले भने; “यहाँ गठबन्धन सरकार बन्ने क्रममा दक्षिणपन्थी दलहरूको मागमा यस्तो निर्णय भएको हो। तर यो कतिन्जेल रहन्छ भन्ने प्रस्टता छैन। समय सीमा पनि तोकिएको छैन। त्यसैले त्यसरी अत्तालिएकाहरूलाई केही महिना ‘पर्ख र हेर’ गर्न र आफूले गरिरहेका काम गर्दै जान भनेका छौँ । “नत्र कोही कोहीले अन्य देशतर्फ जाने कि भन्ने योजना समेत बनाउन थालिसके। हामीले पर्खन किन पनि भनेका छौँ भने अहिलेसम्म कार्ड नबनिसकेकाहरूलाई पनि फिर्ता जान पनि भनिएको छैन।”

    पुब्लिको, अब्सरभाडोर पत्रीकाको समाचार अनुसार राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले नयाँ योजना घोषणाको छिटो अन्य होस् भन्ने चाहन्छन् ।  विचाराधीन प्रक्रियाहरूको समस्या सरकारले टास्क फोर्स बनाएर, भर्खरै स्थापित आप्रवासन र सीमा एजेन्सीको पुनर्संरचना गरेर र कर्मचारी वृद्धि गरेर समाधान गर्ने आशा गरेको छ। साथै यसअघि आवेदन दिएका विचाराधीन ४ लाख आप्रवासीहरूलाई अस्थायी आवास अनुमति दिन ६ देखि ९ महिनामा लाग्ने पनि समाचारमा बताइएको छ ।

    आप्रवासीहरूले लामो समयदेखि रेसिडेन्सी र अन्य कागजातहरू प्राप्त गर्न गम्भीर ढिलाइ भएको गुनासो गरेका बेला नयाँ योजना घोषणा ल्याइएको थियो । धेरै वर्षदेखि पोर्चुगलमा विभिन्न रूपमा छिर्ने गरेका आप्रवासीहरूले एक वर्षसम्म सामाजिक सुरक्षा कर तिरेपछि आवास अनुमति प्राप्त गर्न निवेदन दिन सक्थे।

    यस्तै नयाँ आप्रवासी निती घोषणा पछि लिस्बोनमा आएका गोर्खाका पूर्ण भट्टराई भन्छन्;  नेपालमा व्यापार गर्दा डुबेर आएको हुँ। नेपालका टिक टक, यूट्यूबर्सले यथार्त नबुजी बोल्छन्, ४ लाख आवेदन पेन्डिङ पनि छन् भन्छन् अनि सदाको लागि बन्द पनि गयो भन्छन् । अझै त्यो अन्लाईनखबरको बार्सिलोनाबाट बसेर समाचार लेख्ने रानाभाटले झन के के लेखेको छ । राष्ट्रपति, यहाँको न्युजको पढेर बनाउन त पर्छ नि । ४ लाखका बाँकी छन् ओभरलोडिङ भएको तिनिहरुको समाधान गर्न यो नियम ल्याएको भनेको छ । यो समाचार कुनै बि.बि.सी सिएनएन लगायत ठुला मिडियामा समाचार आएका थिएनन् ।

    गत जुन ३ सोमबार पोर्चुगलको मन्त्रिपरिषद्ले विदेशी पर्यटकहरूलाई वैधानिकीकरण गर्न अनुमति दिने आप्रवासी कानून ५९/२०१७ को धारा ८८, र ८९ लाई खारेज  प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गरी आधिकारिक राजपत्रमा प्रकाशित गरेको  थियो ।

    नवनिर्वाचित प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले नयाँ योजनामा रोजगार सम्झौता गरेर आउनेहरूका लागि पनि बाटो खुल्ला रहेको जनाएका छन्, उनले भने; हामीलाई पोर्चुगलमा अझ राम्रो र समृद्ध समाज निर्माण गर्न मद्दत गर्न इच्छुक व्यक्तिहरू चाहिन्छ। यस्तै प्रधानमन्त्री मोन्टेनेग्रोले भने; हाल ४ लाख बढी नियमितीकरण प्रक्रियाहरू पेन्डिङ छन्, जुन समस्या सरकारले टास्क फोर्स बनाएर, भर्खरै स्थापित आप्रवासन र सीमा एजेन्सीको पुनर्संरचना र कर्मचारी वृद्धि गरेर समाधान गरिने छ ।

    विपक्षी दलहरूको विरोध

    आप्रवासी योजनामा राष्ट्रपति मार्सेलो र सरकार बिच मतभेद रहेको र घोषणाको अन्त्य अस्थायी होस् भन्ने राष्ट्रपति चाहन्छन् । उता युरोपेली चुनाव अगाडि सरकारले ल्याएको अस्थायी नयाँ आप्रवासी योजनाको लगभग सबै विपक्षी दलहरूले आलोचना गरेका थिए । आप्रवासी विरोधी जनवादी चेगा पोर्चुगल पार्टी र उदारवादी पार्टी इनिसिएटिभा लिबरल (IL) पार्टीले मात्र घोषणा गरिएका नयाँ योजनाहरूबाट खुसी देखिन्थ्ये।  उता यहाँ ४४ पृष्ठ लामो नयाँ योजना घोषणाको विपक्षमा विरोध प्रर्दशन भएका छन् ।

    तर पोर्चुगलको समाजवादी पार्टी (पीएस) का नेता पेड्रो नुनो सान्तोसले योजनालाई “अस्पष्ट” भनेका थिए। भविश्वमा अवैध आप्रवासीलाई सम्बोधन नगरि ल्याएको यो नयाँ योजना विरोधाभास रहेको पेड्रो सान्तोसले बताएका थिए ।     चेगा पार्टीका नेता आन्द्रे भेन्चुराले भने “सरकारका योजनाहरू पर्याप्त मात्रामा नपुगेको अयोग्यता र प्रभावहीनताका साथ राखिएकोले संसदबाट पारित हुने सम्भावना छैन।” यस्तै ब्लोको डे एस्क्वेर्डा (बीई) पार्टीका नेता मारियाना मोर्टागुआले भन्छन्; नयाँ योजनाले थप अवैध आप्रवासी निम्त्याउँछ।

    नेपाल सरकारको औपचारिक विवरणमा पोर्चुगलमा २१ हजार नेपाली रहेको ठानिए तापनि गैरआवासीय नेपाली सङ्गठन लगायतले त्यहाँ ६० हजार हाराहारीमा रहेको बताउने गरेका छन्।

    पोर्चुगलको आप्रवासी जनसंख्या पाँच वर्षमा दोब्बर भएको छ, धेरै मानिसहरू एसियाबाट खेतमा र रेस्टुरेन्टहरूमा काम गर्न आएका छन्। पोर्चुगलमा करिब ८००,००० आप्रवासी बस्छन्, जुन एक दशक अघिको तुलनामा झण्डै दोब्बर छ। करिब १४% करदाताहरू आप्रवासी हुन् । जसले २०२२ मा अर्थतन्त्रमा १.६ बिलियन यूरो भन्दा बढी योगदान पुर्‍याइरहेका छन्, जबकि सामाजिक लाभहरूमा लगभग २५७ मिलियन यूरो प्राप्त हुन्छ ।

    भारत, पाकिस्तान, श्रीलंका, नेपाल र बंगलादेश जस्ता दक्षिण एसियाली देशहरूका आप्रवासीहरूका लागि पोर्चुगल ईयू देशमा छिटो छरितो स्थायी बसोबास पाईने अन्तिम आशा रहेको देखिन्छ। पोर्चुगल अधिकारीहरूका अनुसार, 86,000 भन्दा बढी दक्षिण एसियाली नागरिकहरू २०१८ र २०२२ को बीचमा पुरानो मार्ग मार्फत वैध भएका थिए। भने कुल आप्रवासी सन् २०१५ मा ३ लाख ८३ हजार ७ सय ५९ को संख्याका रहेकोमा सन् २०२३ सम्म १० लाख ४० हजार पुगेको छ ।

    युरोपका २९ वटा शेन्जेन देशहरुमा एकबाट अर्को देशमा यात्रा गर्दा कुनै आन्तरिक सीमा जाँच गरिदैन । निर्वाध आवतजावत छ। तसर्थ एक देशबाट अर्को देशमा घुमफिर गर्ने, रोजगारीको खोजीमा सहज छ। तसर्थ पोर्चुगलमा बसोबास अनुमति लिएर रोजगारीको लागि अन्य देशमा गएको देखिन्छ ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      यस्तो छ आजको मौसम पूर्वानुमान ?
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      चालिसेमा सात वटा सवारी एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleसर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै
    Next Article ३४ जिल्लामा सोमवारदेखि बिहीवारसम्म भारी बर्षाको संभावना

    सम्बन्धित खबर

    बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

    यस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

    चालिसेमा सात वटा सवारी एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते

    धादिङको चालिसेमा सात सवारी ठोक्किँदा ३५ जना घाइते

    एनपीएलमा आज दुई खेल हुदै

    Add A Comment
    Leave A Reply

    You must be logged in to post a comment.

    ताजा खबर

    बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

    यस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

    चालिसेमा सात वटा सवारी एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते

    धादिङको चालिसेमा सात सवारी ठोक्किँदा ३५ जना घाइते

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    धादिङको गल्छीमा भारतीय पर्यटकमाथि कुटपिटको सर्वत्र निन्दा

    खबर साइट डट कम

    समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

    खबर साइट डट कम

    क्यान्सरविरुद्धको खोप बनायो रुसले

    खबर साइट डट कम

    इच्छाकामना अस्पतालमा अत्याधुनिक थाइराइड परीक्षण सेवा सुरु

    खबर साइट डट कम

    सिद्धलेक गाउँपालिकामा सुशासन कायम राख्न नेकपा प्रतिनिधि मण्डलको ध्यानाकर्षण

    खबर साइट डट कम

    आज १७ नोभेम्बर अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

    खबर साइट डट कम

    नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको सदस्यहरुको सूचीमा विवाद

    खबर साइट डट कम

    ओलीलाई ईश्वर पोखरेलको काउन्टर : वक्तव्यमार्फत ५ मुख्य सन्देश

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.