रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्कमा शनिवार राति गएको पहिरोमा परी हराइरहेका चारमध्ये एक जनाको शव फेला परेको छ ।
पहिरोमा परी बेपत्ता भएकी ७५ वर्षीया पुड्की पहरीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । पहिरोमा परी ५५ वर्षीय काले पहरी, ५० वर्षीया झ्याउँकिरी पहरी र २० वर्षीया विनीता पहरीको खोजी भइरहेको छ ।
पहिरोले चार वटा घर बगाउँदा ११ जना हराएका थिए । हराएकामध्ये एक जनाको जीवितै उद्धार गरिएको थियो । हराएकामध्ये हिजो ३२ वर्षीया चण्डिका थापा मगर र उहाँको १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षीय विज्ञान पहरीको शव भेटिएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।