काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडासदस्य दम्पतीको शव फेला परेको छ। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले पहिरोले पुरिँएका दम्पतीको शव आइतबार बिहान साढे १० बजे पहिरोबाट निकालिएको जानकारि दिनुभयो ।
गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएका थिए।
बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी र उनका पतिको मृत्यु भएको बताउनुभयो। यस्तै, पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको छ।
घाइते भएकी सम्झानालाई आइतबार बिहान १० बजेको समयमा हेकिप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतका उपचारका लागि पठाइएको वडाध्यक्ष महताराले जानकारी दिनुभयो ।
यस्तै सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया बिमला चलाउने भने पहिरोले घर पुरिनुभन्दा पहिला नै सकुशल बाहिर निस्कन सफल भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।