एजेन्सी । इजरायलमा रहेको सेनाको उत्तरी बेसलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । आक्रमणमा चार जना सैनिकको ज्यान गएको छ भने ६० जनाभन्दा धेरै घाइते भएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ ।
हाइफाको दक्षिणमा २० माइल अर्थात् ३३ किलोमिटर टाढा रहेको सहर बिन्यामिनाको छेउमा रहेको बेसमा भएको आक्रमणमा सात जना सैनिकहरू गम्भीर घाइते भएका छन् । तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो ।
हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ । घाइतेमध्ये ३७ जनालाई एम्बुलेन्स वा हेलिकप्टरबाट अस्पतालमा लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।