तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोबसले ठक्कर एक जना प्रहरी हवल्दारको ज्यान गएको छ ।
गोरखा घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
मोटरसाइकलमा गोरखाबाट पोखरा जाँदै गरेका हवल्दार नहर्कीलाई माइक्रोबसले ठक्कर दिएको हो ।





