एजेन्सी । पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइलनमा पुगेको छ । पाकिस्तानको हारले भारतसमेत सेमिफाइनल नपुगि बाहिरिएको छ । गएराति दुबईमा भएको खेलमा न्युजिल्याण्डले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान ५६ रनमा अलआउट भयो ।
सेमिफाइनलमा पुग्न पाकिस्तानले हिजोको खेल १० ओभरभित्रै जित्नुपर्ने बाध्यता थियो तर ५६ रनमै अलआउट हुन पुग्यो । यदी पाकिस्तानले जितेको भए भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना थियो ।
पाकिस्तानका दुई जनाबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । समूह ‘ए’बाट अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘बी’बाट इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजमध्ये तीन वटै टोलीको सेमिफाइनल सम्भावना कायमै छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।