काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिनुभयो । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधारमा संयुक्त राष्ट्र सङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताउनुभयो ।
शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्र सङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ, सैनिक प्रवक्ता केसीले भन्नुभयो ।
अहिले लेबनानमा आठ सय ७७ जना नेपाली शान्ति सैनिक छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।