काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले आफूले मुद्दा फिर्ता लिने घोषणा गरे पनि इजलासले मुद्दालाई जिवितै राख्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
इजलासले सात दिनभित्र लिखित जवाफसहित आफैं उपस्थित भएर आफ्नो अभिव्यक्ति बारे प्रष्ट पार्न बार अध्यक्षलाई भनेको छ ।
बार अध्यक्ष घिमिरेले तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले आर्थिक लेनदेन गरेर सर्वोच्चमा दुई जना न्यायाधीश नियुक्त गरेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । सर्वोच्चको आदेशसँगै बार र बेञ्चबीचको तनाव थप बढ्ने आशंका गरिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।