काठमाण्डाै – सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम भएको हो । सुन भाउ बढेर तोलाको एक लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलाको दुई हजार ७० रुपैयाँ रहेको चाँदी आज भाउ बढेर तोलाको दुई हजार ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
