काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ ।
सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गर्नुभएको हो ।
‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु’, उहाँले भन्न्ुभयो ।
रवि लामिछाने चुनावमा १२ लाख जनताले पत्याएको र संसदको चौथो पार्टीको सभापति भएको बताउनुभयो। यसकारण लामिछानेप्रति विश्वास हुनेहरूले उनको प्रक्राउको विरोधमा प्रदर्शन गर्नु स्वभाविक हुने कार्कीको भनाइ छ ।
प्रदर्शनलाई कतिपयले अदालत प्रभावित पार्ने प्रयास गरेको भनेर आलोचना गरेको भन्दै उहाँले त्यसको विरोध गर्नुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
