काठमाण्डाै – सर्वोच्च अदालतले व्यापारी मीनबहादुर गुरुङले एमालेलाई दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै गुरुङले दान दिएको जग्गामा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।
विभिन्न कसूरमा चलिरहेका व्यक्तिले कुनै पार्टीलाई करोडौं रुपैयाँको जग्गादान दिनु भ्रष्टाचार भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेत र श्यामकृष्ण मास्केले रिट दायर गर्नुभएको थियो । आज सर्वोच्चले जग्गामा संरचना नबनाउन अन्तरिम आदेश दिएको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
