काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ । जनवरीदेखि २८ अक्टोबरसम्म २८ हजार २१२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
यो अवधिमा संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । अक्टोबरका २८ दिनमा (१ देखि २८ सम्म) मात्रै नौ हजार ६६६ जना संक्रमित थपिएका छन् ।
डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार १६१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । काठमाडौंमा चार हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा मात्रै अक्टोबरका २८ दिनमा दुई हजार २५१ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
