काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले सरकार ढाल्नतर्फ लाग्दा फेरि नागरिकमा हैरानी हुने उल्लेख गर्नुभयाे ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रचण्डले आफूले सरकारलाई पटक पटक राष्ट्र र नागरिकप्रति अझ गम्भीर र संवेदनशील होस् र सकारात्मक काम गरेर जाओस् भन्ने आग्रह गरे पनि भ्रष्टाचारीलाई जोगाउनेबाहेक काम गर्न नसकेको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘सय दिनसम्मको काम हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । मैले सरकारलाई राष्ट्र र नागरिकप्रति अझ गम्भीर र संवेदनशील होस्, सकारात्मक काम गरेर जाओस् भनेकाे छु । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने मेराे र माओवादी केन्द्रकाे मनशाय छैन । सरकार ढाल्नतिर लागेर नागरिकलाई हैरानी दिन मन छैन ।’
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
