काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) ले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ ।
आइतबार सूचना प्रकाशित गर्दै सीआईबीले लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गर्दै त्यस्ता सामग्री खरिद तथा बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
सिआईबीले भनेको छ-
‘२०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक भवन, बैंक वित्तीय संस्था लगायतका संरचनाहरूमा रहेका कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, हातहतियार, अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको हुँदा सो सम्बन्धमा सीआईबीबाट अनुसन्धान भइरहेको र त्यस्ता सामानहरूको खरिद तथा बिक्री नगर्न नगराउनु हुन अनुरोध गर्दछौं । यस्ता कुनै जानकारी तथा सामानहरू प्राप्त भएमा नजिकको सुरक्षा निकायमा खबर गर्नुहुन वा बुझाई दिन हुन हार्दिक अनुरोध गर्दछौं ।’
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
