काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध फेरी अर्को पनि पक्राउ पुर्जी जारी भएको छ। साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा रहेका आफूलाई लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क र ‘कनेक्सन’ देखिएसँगै सीआईबीले पक्राउ अनुमति मागेको थियो।
सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार त्यसपछी आपराधिक लाभसम्बन्धी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति लिइएको हो। फुयाँल भारतीय गुन्डानाइके लरेन्स विश्नोईको सदस्य हुँ भन्दै व्यवसायीलाई धक्काएको आरोपमा पक्राउ परेका छन्।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।