विराटनगर- प्रहरीले विराटनगरबाट ४५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ का ६० वर्षीय छटु यादव र १९ वर्षीय भूपेन यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय रानीको टोलीले उनीहरूलाई आइतबार मध्यराति पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।
उनीहरूले आफ्नो घरमा ४५ किलो गाँजा भण्डारण गरेर राखेको चिमरियाले बताए। प्लाष्टिकको झोलामा प्याकिङ गरेर राखेको अवस्थामा गाँजा फेला परेपछि दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
