धादिङ,२६ चैत २०८१ । धादिङका दुई जना पूर्व प्रधानाध्यापकको सोमबार निधन भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ घर भई हाल नवलपरासी जिल्लामा बस्दै आईरहेको गंगाप्रसाद रिमाल र नीलकण्ठ नगरपालिका वडा नम्बर १० घर भएका श्यामप्रसाद धरेलको सोमबार निधन भएको हो ।
सिद्धलेकको मिन्दुका माविका पूर्व प्रधानाध्यापक रिमाल सोमबार दाङ जिल्लाको राप्ती गाउँपालिका १ भालुवाङ स्थित राप्ती नदीमा मृत अबस्थामा भेटिएका हुन् । रिमालको मृत्यु रहस्यमय रहेको वताईएको छ ।
यसै गरी नीलकण्ठ नगरपालिका १० ज्यामरुङमा रहेको कुमारीदेवी माविका पूर्व प्रधानाध्यापक धरेलको उपचारका क्रममा विपी स्मृति हस्पिटल काठमाण्डौंमा निधन भएको हो ।
जिल्लाको शैक्षिक विकासमा महत्वपूणै भूमिका निर्वाह गरेको शिक्षक द्धयको निधन प्रति शिक्षक संघ संगठनका साथै पूर्व बिद्यार्थी, राजनैतिक दलका प्रतिनिधि, सामाजिक क्षेत्रका व्यक्तित्वहरुले सामाजिक सञ्जाल मार्फत हार्दिक श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
