काठमाण्डौ – प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापती एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछानेसँग बयान लिन थालेका हुन् । लामिछानेलाई प्रहरीले गएको शुक्रवार पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरेर पोखरा लगेको हो ।
कास्की जिल्ला अदालतले लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने बिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछाने सहकारीको रकम अपचलन गरेको आरोप छ । रकम अपचलनमा संलग्न भएको आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।