काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ ।
कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज बिहान जहाजमार्फत बुटवल लगिएको हो ।
छविलाललाई दिउँसो ३ बजेको पोखरादेखि भैरहवा जहाजबाट ल्याएर इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा रहेकोले बुझाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताउनुभयो ।
सुप्रिम सहकारीको अपलचन प्रकरणमा बयानका लागि जोशीलाई ल्याइएको बताउँदै उहाँले बयान सकिएपछि पुनः पोखरा पठाउने जानकारी दिनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।