काठमाडौं। गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षबाट बाहिरिएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटोका सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभएको छ ।
भरतपुर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै मन्त्री लेखकले त्यो घटनाका सत्य तथ्य बाहिर आउने स्पष्ट पार्नुभयो ।“प्रहरीलाई यसका बारेमा गम्भीरता पूर्वक छानविन गर्न, के भएको हो सत्य तथ्य बाहिर ल्याउन निर्देशन दिएको छु । छानबिन भरहेको छ ।
पहिला भएको के हो पत्ता लगाउन आवश्यक छ ।”, मन्त्री लेखकले भन्नुभयो, “भाको के हो सत्य तत्थ बाहिर आउछ । अनि मात्रै त्यस उपर कारवाही प्रकया अगाडि बढ्छ ।”
ठगी अभियोग लागेका रास्वपा सभापति लामिछानेको हिरासतमा सुत्दै गरेको भनिएको फोटो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।
लामिछानेलाई अनुसन्धानका क्रममा जिल्ला जिल्लामा घुमाउनु गलत भएको भनि सरकारविरुद्ध आलोचना भइरहेका बेला गृहमन्त्री लामिछानेले भने त्यो स्वभाविक प्रकृया भएको उहाँले बताउनुभयो ।





