काठमाडौँ । फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित भएको छ ।
जेठ १५ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म महाभोज आन्दोलन तथा विषम परिस्थितिका कारण नेपाल र नेपाल बाहिरका सबै देशहरुमा हालका लागि स्थित गरिएको निर्माता हिमाल कडरियाले जानकारी दिएका हुन् ।
फिल्मका निर्माता हिमाल कडरियाले भनेका छन्- पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, जेठ १५ गतेको लागि तय गरिएको चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौ ।
कडरियाले परिस्थितिहरू सामान्य भएसँगै नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने बताएका छन् ।फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला को प्रमुख भूमिका रहेको छ।





