कास्की । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-३ नालामुखस्थित सिन्धु खाजा घरका संचालक २३ वर्षीय सिन्धु किसानलाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुले बालिकालाई ललाई फकाई विभिन्न प्रलोभन देखाई यौन क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
