काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।
मंगलबार बसेको बैठकले समितिकी सभापति तुलसी कुमारी दाहालले समितिले पारित गरेको विधेयकको प्रतिवेदन पेश गरेकी हुन् । प्रतिनिधि सभाबाट साउन ६ गते पारित भएर राष्ट्रिय सभामा आएको यस विधेयकमा रहेको कुलीङ पिरियडमा भएको हेरफेरलाई समितिले सच्याएर २ बर्ष कायम गरेको छ ।
सभापति दाहालले यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएको जानकारी दिएकी छन् । १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुशुची थप गरेर परिमार्जन गरेको सभापति दाहालले जानकारी दिएकी छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
