काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले दक्षिण कोरियालाई पराजित गरेको छ । शुक्रबार सोलस्थित वर्ल्ड कप स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले दक्षिण कोरियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा एस्टेभाओ र रोड्रीगोले २-२ गोल गरेका थिए भने भिनिसियस जुनियरले एक गोल गरेका थिए ।
यस अन्तर्राष्ट्रिय ब्रेकमा ब्राजिलले अब अर्को खेल अक्टोबर १४ मा जापानविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै दक्षिण कोरियाले अक्टोबर १४ मा पराग्वेसँग खेल्ने तालिका रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




