काठमाडौं । सिन्धुलीको दुधौली पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।
चुरे उत्थानशील आयोजनाले पोखरी निर्माण गरी अलपत्र छाड्दा सो पोखरीमा पौडी खेल्ने क्रममा डुवेर २ जना बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र बासुराम कुमरको ६ वर्षीय छोरा संजल कुमार रहेका छन् । उपचारका लागि नगर हस्पिटल सिर्थौली लगिएकोमा दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।