काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय ४५ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ६ सय ५१ दशमलव ३२ विन्दुमा झरेको छ ।
नेप्से आज अहिलेसम्मकै धेरै अङ्कले घटेको हो । बिहान ११ बजेर १७ मिनेटमा बढेर दुई हजार आठ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा उच्च अङ्कले ओरालो लाग्यो ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, बैंकिङ, फाइनान्स, जलविद्युत्, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज आठ वटा कम्पनीका शेयरमा नकारात्मक सर्किट लागेको छ ।





