सङ्खुवासभा । अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ। जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ।
निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ।
स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।





