काठमाण्डाै । शेयर बजार आज उच्च अङ्कले बढेको छ । लगातार पाँच कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज न्यादी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन खानी खोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो चार अर्ब ४१ करोडको शेयर कारोबार भएकोमा आज तीन सय आठ वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर पाँच अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३६ करोड रुपैयाँको शेयर खरिद/बिक्री भयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।