काठमाडौं। काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो।
पूर्वमन्त्रीसमेत रहेका सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
लामो समयदेखि अस्वस्थ सिंहको गतवर्ष पेटको शल्यक्रिया पनि गरिएको थियो । सिंहले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए। तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।
उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।





