काठमाडौं। सभामुख देवराज घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्त्व बुझाउने, यसको गतिविधि जनतामा पुर्याउन र यसको उचाइ बढाउन संसदीय पत्रकारिता महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
आज संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै सभामुख घिमिरेले सो कुरा बताउनुभएको हो ।
घिमिरेले जनरल पत्रकारिताभन्दा संसदीय पत्रकारितामा विशिष्ट काम भएको समेत बताउनुभयो।
संसद्को विशेष अधिकार ठिक ढङ्गले लान पत्रकारहरूले मिहिनेतपूर्वक काम गरेको समेत उहाँले बताउनुभयो । उहाँले पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको समेत बताउनुभएकोछ ।





