काठमाडौं । भारतको प्रयागराजमा महाकुम्भ स्नान गरी फर्किंदै गरेका चार जना नेपालीको जीप दुर्घटनामा मृत्यु भएको छ। भारतको उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किंदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेका कञ्चनरुप–७ का वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिनुभयो ।
यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि ज्यान गएको छ । चारै जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
