काठमाडौं, ४ बैशाख । ५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा गएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएको भन्दै हेर्दाहेर्दैमा राखिएको हो ।
गत माघदेखि सुरु नियमित सुनुवाइ भएको चौथो दिनमावरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू कीर्तिनाथ शर्मा, हर्कबहादुर रावललगायतले बहस गरि भ्याएका छन ।
२०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए। जसको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
