काठमाडौं, ४ बैशाख । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक -एआईजी बढुवा गर्न सिफारिस गरिएको छ ।
बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।
खापुङ, आचार्य र शर्मा हालका प्रहरी महानिरीक्षक दीपक थापाको वैकल्पिक ब्याचका अधिकृत हुन्। नेपाल प्रहरीमा रिक्त ६ जना एआइजी थिए। समितिको यो निर्णय मन्त्रिपरिषदबाट अनुमोदन गरेपछि बढुवा सूचीमा परेकाले दर्ज्यानी चिन्ह पाउने छन्।
दान बहादुर कार्की, राजन अधिकारी र डा.मनोज कुमार केसी र २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा केसी पनि बढुवा सिफारिसमा परेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
