धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा रहेको सोप्याङखोलाको पुलमा भ्वाङ परेपछि अबरुद्ध हुन पुगेको पृथ्वीराजमार्गमा वैकल्पिक मार्ग बाट सवारी आवागमन खुलेको छ ।
मंगलबार बिहान धादिङको थाक्रे गाउँपालिकाको सोप्याङखोलाको पुलमा भ्वाङ परेको थियो । पुलमुनि डाइभर्सन बनाएर वैकल्पिक बाटो तयार गरी यातायात पुनः सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
अहिले आलोपालो गरेर दुवैबाट यातायात संचालन गरिएको एसपी सुवेदीले बताए । उनले सुरुमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडीहरू पठाइएको जानकारी दिए ।
पुरानो पुल नजिकै नयाँ पुल बनाइरहेको छ । नयाँ पुल बनाउने क्रममा पुरानो पुल नजिकै सडक भासिएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
