काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम जेलबाट रिहा भएका छन् ।उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएपछि नख्खु कारागारमा रहेका आलम रिहा भएका हुन् ।
न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाएको हो ।आलममाथि पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप थियो ।
अदालतले आलमसहित उनका भाइ मोहम्मद महताव आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीलाई सफाइ दिएको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
